आर्थिक मन्दिको असर: म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो

म्याग्दी । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर  बढेको छ । आर्थिक वर्ष २०७९÷८० को तुलनामा २०८०÷८१ मा उद्योग व्वयसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ । आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका छन् […]

सम्बन्धित सामग्री

आर्थिक मन्दिको असर : म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो - Nepal Japan

म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ । आर्थिक वर्ष २०७९/८० को त

अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशयी

बाँके । भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशयी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशयी बन्न पुगेको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सरकारी निकायले नाकामा कडाइ नगर्दा दैनिकरूपमा तस्करी भइरहेकाले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको उनको गुनासो छ । अवैध आयात नरोकिएमा उद्योगी व्यवसायी पलायन भई नेपालगञ्ज क्षेत्र आर्थिक संकटमा फस्न सक्ने उनले बताए । नेपालगञ्जका अगुवा व्यापारी कृष्णप्रसाद श्रेष्ठले अहिलेको प्रतिकूल अवस्थामा पनि उद्योगी व्यवसायीले संघर्षका साथ उद्योग व्यवसाय सञ्चालन गरेको जनाउँदै सरकारले राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्नेतर्फ अग्रसरता नदेखाए अवस्था भयावह हुने बताए । आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै उनले अवैध आयात र तस्करीलाई निरुत्साहित पार्न माग गरे । भारतसँग जोडिएको बाँकेका छोटी भन्सार कार्यालयहरू सञ्चालन नहुँदा ग्रामीण क्षेत्रबाट दैनिकरूपमा हुने तस्करीले नेपालगञ्जको व्यापार व्यवसायलाई समस्यामा पारेको उनको भनाइ छ । बाँकेको भारतसँग जोडिएको ६५ किमि खुला सीमा नाकामा हाल एउटा मात्र भन्सार कार्यालय छ । ग्रामीण नाकामा रहेका सात ओटा छोटी भन्सार कार्यालय करीब दुई दशकअघि बन्द गरिएकामा हालसम्म पुनःस्थापना हुन सकेका छैनन् । छोटी भन्सार कार्यालय नहुँदा ग्रामीण नाकाबाट ठूलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुलारूपमा भारतबाट भित्रिने गरेकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार केही वर्षयता छोटी भन्सार बन्द गरिएका नाकाबाट खुलारूपमा चोरी पैठारी बढेका कारण राजस्व संकलन घटेको छ । -रासस

धनकुटामा ६ सय ७७ उद्योग–व्यवसाय दर्ता

धनकुटामा गत आर्थिक वर्षमा ६ सय ७७ वटा उद्योग तथा व्यवसाय दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/७९ मा पाँच सय १६ वटा उद्योग र एक सय ६१ वटा व्यवसाय दर्ता...

रुग्ण तथा बन्द उद्योग व्यवसाय सम्बन्धी सर्भे गरिने

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले रुग्ण तथा बन्द उद्योगको अवस्थालाई लिएर सर्भे र परामर्श सेवा प्रारम्भ गर्ने भएको छ । विगत केही वर्षदेखि कोरोनाको असर तथा हालैका दिनमा देखा पर्न थालेको विश्वव्यापी आर्थिक मन्दीको कारण धेरै उद्योग व्यवसाय प्रभावित हुँदै गइरहेका छन् ।बैंक वित्तिय संस्थामा निष्कृय कर्जाको भयावह स्थिति हुने अनुमान गरिँदैछ । वैदेशिक मुद्रामा सहजता पार्न आयात नियन्त्रित हुनु र महगाईको कारण आम नेपालीको क्रयशक्ति कमजोर हुँदै गइरहेकोले पनि संचालित धेरै उद्योग व्यवसाय बन्द भैसकेका

यस्तो छ चालु आवका आर्थिक सूचकहरू

काठमाडौँ । सरकारले पछिल्लो दुई वर्षदेखिको कोरोना कहरका कारण प्रतिकूल प्रभावमा परेर शिथिल भएको अर्थतन्त्र सामान्यीकरण बन्दै गएको स्पष्ट पारेको छ । कोभिड १९ महामारीको कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको तथ्य पेस गर्दै सरकारले २०७६ साल फागुनको तुलनामा २०७८ कार्तिक महिनासम्म करिब ९८ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको, सेवा क्षेत्रमा क्रमशः सुधार हुँदै […]

कर्णाली र सुदूरपश्चिममा लघु–घरेलु उद्योग दर्ता निराशाजनक

आर्थिक विकासमा निकै पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा लघु तथा घरेलु उद्योग व्यवसाय दर्ताको अवस्था पनि कमजोर छ । उद्योग विभागका अनुसार कर्णालीमा हालसम्म पाँच प्रतिशत र सुदूरपश्चिममा सात प्रतिशत मात्र लघु तथा घरेलु उद्योग दर्ता भएका छन् ।विभागले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार सबैभन्दा बढी उद्योग व्यवसाय दर्ता बागमतीमा रहेको छ । बागमतीमा […]

मौद्रिक नीतिको समिक्षा सकारात्मक : पूर्वअर्थमन्त्री महत

काठमाडौं, मंसिर १३ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । महतले कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएकाले सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो कोरोना महामारीको कारण उद्योग व्यवसाय क्षेत्रमा संकट छ । उद्योग व्यवसाय नै […]

सरकारले चलाएका उद्योग–व्यवसाय निजीकरण गर्न माग

१२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले चलाइरहेका उद्योग–व्यवसाय आवश्यक मोडालिटी अपनाएर निजीकरण गर्न माग गरेको छ । आगामी बजेट र आर्थिक ऐनबारे सरकारलाई सुझाव दिँदै महासंघले यस्तो माग गरेको हो । निर्यात वृद्धि र आयात प्रतिस्थापनको सम्भावना भएका वस्तुको पहिचान सरकार र निजी क्षेत्रको सहकार्यमा हुनुपर्ने भन्दै महासंघले सरकारी उद्योग वा व्यवसायको […]

आर्थिक गतिविधिमाथि निगरानी आवश्यक

आर्थिक गतिविधि पूर्ण रूपमा सञ्चालन नहुँदै कर्जा विस्तार उच्च भएकाले नियामक निकाय चनाखो हुनुपर्ने देखिन्छ । कोरोना महामारीका कारण उद्योग–व्यवसाय पूर्ण रूपमा सञ्चालन हुन नसकेकै अवस्थामा राजनीतिक अनिश्चितताले विगतको दुई महिना यसै बिते । कोरोना कहरका कारण संक्रमण बढ्न नदिन सरकारले बन्दाबन्दी गरेको एक वर्ष पुगेको छ । गत चैत ११ गतेदेखि सरकारले कोरोना कहर […]

आर्थिक सङ्कटको मारमा उद्योग व्यवसाय

मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । अर्थतन्त्रको बाह्य क्षेत्र सुधार देखिए पनि आन्तरिक क्षेत्रमा देखिएको समस्याका कारण उद्योग व्यवसाय सङ्कटमा पर्न थालेका हुन् । बैङ्कको उच्च ब्याजदरका कारण समग्र उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नभई आर्थिक सङ्कट देखा परेको व्यवसायीको भनाइ छ । बैङ्कको ब्याज तिर्न नसकेका कतिपय ससाना व्यवसाय बन्द भएका छन् । धेरै उद्योग आंशिक रूपमा मात्र सञ्चालन भएको र कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ । आर्थिक सङ्कटबाट साना, मझौला र ठूला उद्योग नै प्रभावित छन् ।