एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु, यस्ता छन् विशेषता

एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै  नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिन एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा  ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम  आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पु¥याउँदै देशको दुई तिहाई भन्दा बढी जनसंख्यामा फोरजी सेवाको बिस्तार गरिसकेको छ ।कोभिड–१९ को महामारीले निम्त्याएको विषम् परिस्थितिका बीच पनि एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढि स्थानिय तह सम्म विस्तार गरिसकेको छ र बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको छ ।उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी÷एलटीई सेवाले नेपालको डिजिटलाइजेशन यात्रामा महत्वपुर्ण योगदान पु¥याउँदै आएको छ । यस महामारीले अर्थतन्त्रहरुलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्याण्डबाट लाभ लिदै पुर्नउत्थानका कार्यलाई राम्रोसँग चाँडै अगाडि बढाउन आवश्यक बनाई दिएको छ ।फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्ने र थ्रिजी सिम प्रयोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल  वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफुले चलाई रहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्ने बताईएको छ ।फोरजी/एलटीई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सकिने बताईएको छ । उच्चगतिको डेटा कनेक्टिभिटी आर्थिक र मानव विकासको लागि एक आधारभूत आवश्यकता बनि सकेको छ किनकी यसले  शिक्षा र स्वास्थ्य जस्ता अत्यावश्यक सेवाहरु प्रवाह गर्न सक्ने क्षमता राख्दछ । बढ्दो डिजिटल डिभाइडको खाडल, असमानतालाई कम गर्न र समुदाय स्तरमा  सामाजिक विकासका लागि आवश्यक हुने विभिन्न अवसरहरुका निमित्त पनि यो अत्यावश्यक छ । कोभिड–१९ को प्रभाव पश्चात आफ्ना परिवार, साथीभाइ, आफन्तहरुसँग सम्पर्कमा रहिरहन, घरबाटै कार्यलयको काम गर्न र दुर शिक्षा अर्थात अनलाइन कक्षा लगायतका कार्यका लागि पनि यो नभई नहुने भएको छ ।आफ्ना ग्राहकलाई सधैं डिजिटल्ली कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि यस ‘डेटा सधंै अन’ अभियान अन्तर्गत विभिन्न सेवा तथा अफरहरु सुलभ दरमा प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको छ । मोबाइल ब्रोडब्याण्डको फाइदा सुनिश्चित गराउँदै कम्पनीले विभिन्न उपभोक्तामैत्री अफरहरु ल्याउने छ ।एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्छन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ । एनसेलले देशभरी  ७२ लाख भन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ र त्यस मध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

सम्बन्धित सामग्री

दाहालको ‘एक पटकमा एक योगदान’ अभियान सुरु

संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ।

सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु

सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ। आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो।

भक्तपुरलाई ‘सडक मानव’मुक्त बनाउने अभियान सुरु

भक्तपुरलाई ‘सडक मानव’मुक्त बनाउने अभियान सुरु गरिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा जिल्लालाई सडक मानवमुक्त जिल्ला बनाउने सातदिने अभियान सुरु गरिएको हो। साताव्यापी अभियानमा भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका...

‘एभोकाडो सिटी’ अभियान सुरु

भक्तपुर, १ साउन । भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान सुरु भएको छ । एक घर दुई एभकाडो बिरुवा रोप्दै आगामी तीन वर्षभित्र चाँगुनारायण नगरपालिकालाई ‘एभोकाडो सिटी’ बनाउने अभियान सुरु भएको हो । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार एवं अर्थविद् डिपी ढकालले भक्तपुरको परिकल्पनालाई साकार पार्न यहाँका स्थानीयलाई एभोकाडोको बिरुवा वितरण गर्दै अभियान […]

कोहलपुर नगरपालिकाकाे वृक्षरोपण अभियान सुरु

नेपालगञ्ज – कोहलपुर नगरपालिकाले हरित सहरका लागि आजदेखि वृक्षरोपण अभियान सुरु गरेको छ। कोहलपुर नगरपालिका हाताभित्रबाट वृक्षरोपण अभियान सुरु भएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए। नगर प्रमुख पूर्णप्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले एकैसाथ वृक्षरोपण गरेर अभियानको सुरुवात गरेका छन्। कोहलपुर नगरपालिकालाई हरित नगर बनाउने योजना अनुसार […]

महिनावारी सचेतना अभियान सुरु

महिलाको रजोनिवृत्ति अर्थात् महिनावारी र सरुवा रोगका बारेमा जानकारी दिने उद्देश्यले रजोनिवृत्ति अर्थात् महिनावारी सचेतना अभियान सुरु भएको छ।

सुबिसुको ‘घरघरमा’ अभियान सुरु

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घरघरमा’ नामक अभियान सुरु गरेको छ । कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यले नयाँ अभियान सुरु गरेको हो ।  अभियानमा कपन, बालाजु, न्युरोड, जोरपाटी, बुढानीलकण्ठ,...

रानीपोखरी सरसफाइ अभियान सुरु

विश्व सरसफाइ अभियन्ताले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् ।पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरूले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् । रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरूले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाइ अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]

सुजल फुड्सको नयाँ विज्ञापन अभियान सुरु

सुजल फुड्स प्रालिले नयाँ विज्ञापन अभियान सुरु गरेको छ। आफ्नो २० औँ बार्षिकोत्सवको अवसरमा चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको हो।...

देशव्यापी मास्क अभियान सुरु

काठमाडौं : कोरोना भाइरस संक्रमण बढ्दै जाँदा सरकारले  नेपाल मास्क अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सप्ताहव्यापी रुपमा अभियान सुरु गरेको हो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अभियानको शुभारम्भ गरेका छन्।‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नारा सहित अभियान सुरु भएको छ।देशव्यापी रुपमा कोरोना भाइरसको बढ्दो