कांग्रेस महामन्त्री गगन थापाले संविधानको सफल कार्यान्वयनका लागि पक्षधर शक्तिहरूको मेलमिलाप आवश्यक रहेको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा बीपी कोइरालाले अंगिकार गरेको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै महामन्त्री थापाले संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि संविधानका पक्षधर राजनीतिक शक्ति बीचको सहकार्य र मेलमिलाप आवश्यक रहेको बताएका हुन् ।