असार १ गतेबाट आइतबारको बिदा हटाउने सरकारको निर्णय

काठमाडौं : सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए।  'असार १ गतेबाट लागू हुने गरी आइतबारको बिदा हट्यो', उनले थाहाखबरसँग भने। सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो। तर दुई दिन बिदाले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएको, बिदाको दि

सम्बन्धित सामग्री

आज देखि शनिबार मात्रै बिदा

काठमाडौँ – सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने उद्देश्यले सरकारले जेठ १ गतेदेखि परीक्षणका लागि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । जेठको मध्यतीर लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार यो निर्णयलाई असार १ गतेदेखि […]

आइतबारको बिदा हटाउने सरकारको निर्णय, असार १ गतेदेखि लागू हुने

काठमाडौं- सरकार आइतबार बिदा दिने निर्णयबाट पछि हटेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन विदा दिने यसअघिको निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ । यसअघि वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै सातामा शनिबार र आइतबार दुई दिन […]

असार १ गते देखि दुई दिन बिदा खारेज गर्ने सरकारको निर्णय

नेपाल सरकारले असार १ गतेदेखि दुई दिन बिदा दिने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले रातोपाटीलाई बताए ।नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले इन्धन खपत कम गर्न परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू गरेको थियो । तर सो निर्णय प्रभावकारी नदेखिएपछि सरकार सो निर्णयबाट पछि हटेको हो । आजमात्र दुई दिन बिदा दिने निर्णय विरुद्ध अदालतमा रिटसमेत परेको थियो ।

आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ । वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै जेठ १ गतेदेखि लागू हुने गरी […]

भानु जयन्तीमा सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय

दमौली । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले आगामी असार २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो (मंगलबार) बसेको बैठकले सार्वजनिक बिदाको निर्णय गरेको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले […]