फ्रुटी बनाउने पदार्थ मिति गुज्रेको भेटियो, दुगड ग्रुपको गोदाममा छापा [फोटोहरु]
दुगड फ्रुट एण्ड वेभरेज प्रालिको संतुगलस्थित कम्पनीमा महानगरिय अपराध महाशाखाले छापा मारेको छ । कम्पनीले उत्पादन गर्ने फ्रुटी नामक जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो ।
२२ कात्तिक, काठमाडौं । गत १२ भदौमा अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रसाशन कार्यालयको टोलीले काठमाडौंको सतुंगलमा दुगड फ्रुट एण्ड वेभरेज प्रालिमा छापा मार्यो । अनुगमनका क्रममा झन्डै चार सय ड्रम मिति गुज्रेको टाटापुरी (म्याङ्गो पल्प) फेला पर्यो ।
म्याद नाघेका वस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि उक्त गोदाममा शिल गरियो …