पर्यटक आगमनमा आंशिक सुधार

पछिल्लो ९ महिनामा करिब ७७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ को जनवरीदेखि सेप्टेम्बरसम्ममा ७६ हजार ८ सय ६४ पर्यटक नेपाल भित्रिएका हुन् ।सेप्टेम्बरमा मात्र ९ हजार ८ सय ९८ जना पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । सेप्टेम्बरमा सबैभन्दा बढी पर्यटक भारतबाट ३ हजार ५ सय […]

सम्बन्धित सामग्री

काठमाडौं नजिकका होटेललाई सप्ताहान्तको भरथेग

काठमाडौं । काठमाडौं नजिकका पर्यटकीय स्थलहरू नगरकोट, धुलिखेलका होटेल तथा रिसोर्टहरूमा आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । खासगरी साप्ताहिक बिदा मनाउन जाने परिवार, ससानो वर्कसप, बिजनेश मिटिङ तथा दर्जन मानिस राखेर गरिने गोष्ठीका कारण यी स्थानमा रहेका होटेल तथा रिसोर्टहरू औसतमा सञ्चालन हुन थालेका छन् । सरकारले वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारदेखि खुकुलो बनाउँदै ल्याएपछि र कोभिडविरुद्धको खोप आंशिक रूपमा लगाइएका कारण यी गन्तव्यमा आन्तरिक पर्यटकहरू जान थालेका छन् । सप्ताहान्तमा यी गन्तव्यका होटेल तथा रिसोर्टहरूको अकुपेन्सी ७५ देखि ८० प्रतिशतसम्म पुग्ने गरेको व्यवसायीहरूको भनाइ छ । काठमाडौं नजिकको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट र धुलिखेलमा विदाको दिन आन्तरिक पर्यटक जाने गरेका छन् । आन्तरिक पर्यटकहरू बढी आउने हुँदा यी क्षेत्रका होटेलहरूका लागि सप्ताहान्त बिदा भरथेग बनेको व्यवसायीहरू बताउँछन् । नगरकोटस्थित होटेल हिमालयन भिल्लाका सेल्स एन्ड मार्केटिङ प्रबन्धक हीरा श्रेष्ठले सप्ताहान्तमा यहाँका सबै होटेलहरूमा ८० प्रतिशतसम्म अकुपेन्सी पुग्ने गरेको बताए । अन्य दिन भने जम्मा ५ देखि १० प्रतिशत अकुपेन्सी हुने गरेको उनको भनाइ छ । विदाको दिन पारेर घुम्न, बस्न आउने गर्दा पनि अकुपेन्सी दर र बिजनेश पनि केही सुधार हुने गरेको श्रेष्ठले बताए । ‘अन्य दिनहरूमा ठूला होटेलहरूमा १०/१२ जना र सानामा चाहिँ ५/७ जनाको संख्यामा मात्रै आउनुहुन्छ,’ उनले भने, ‘अहिले संक्रमण दर बढेको भए पनि यसले आगमनमा खासै फरक परेको छैन ।’ माघ, फागुन महीनामा पर्यटक आगमन र अकुपेन्सीमा सुधार भए पनि वैशाख १६ पछि जारी निषेधाज्ञापछि भने व्यवसाय नै गर्न नसकिएको उनले बताए । अहिले साउन १ गतेदेखि होटेल खुला गरिएको भन्दै छिटफुट रूपमा आन्तरिक पर्यटकहरू आउने गरेको उनको भनाइ छ । हिमालय दृश्य रिसोर्टका प्रबन्ध निर्देशक (एमडी) श्याम महतले भने आफ्नो होटेलको अकुपेन्सी ७ दखि ८ प्रतिशतसम्म रहेको बताए । उनले बन्दाबन्दी र कोरोना संक्रमण कम हुँदा आन्तरिक पर्यटक आगमन बढेको भए पनि केही दिनयता भने पर्यटक आउने क्रममा कमी आइरहेको जानकारी दिए । अहिले कोभिड तेस्रो लहरको त्रास र संक्रमण दर पनि बढेको हुँदा पर्यटक आगमन कम देखिएको उनी बताउँछन् । रकारले तोकेका स्वास्थ्य मापदण्डहरू पूरा गरेर नै सेवा उपलब्ध गराएको उनको भनाइ छ । उनले मौद्रिक नीतिमार्फत यो व्यवसायलाई राहत र पुनरुत्थान गर्ने खालका नीति ल्याउन आवश्यक भएको बताए । कोरानाको संक्रमण घट्दा र खोप पनि लगाएपछि व्यवसायीहरू उत्साहित बनेको भने देखिएको छ । धुलिखेल लगेज रिसोर्टका एमडीसमेत रहेका होटेल एशोसिएशन काभ्रेका अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले यहाँका होटेलहरूको अकुपेन्सी औसतमा २५ प्रतिशत रहेको बताए । उनका अनुसार धुलिखेलमा हालसम्म ५० ओटा होटेल तथा रिसोर्ट सञ्चालनमा छन् । केही दिनयता बढेको कोभिड–१९ को संक्रमण दरले भने अहिलेको आन्तरिक पर्यटक आगमन शून्यमा झर्ने हो कि भन्ने आंशकामा व्यवसायीहरू छन् । अहिले पनि पूर्ण रूपमा निषेधाज्ञा हटिसकेको भने छैन ।