२० पुस, काठमाडौं । नेपाल तेक्वान्दो संघले आइतबारदेखि तेक्वान्दोका राष्ट्रिय खेलाडीहरुको प्रशिक्षण सुरु गरेको छ । सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रीय कार्यालयस्थित हलमा प्रशिक्षण सुरु भएको संघले जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण केही समयका लागि केन्द्रिकृत रुपमा रोकिएको तालिमलाई निरन्तरता दिने उद्देश्यले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरेको संघले सोमबार विज्ञप्तिमार्फत जनाएको छ […]