काठमाडौंः निर्माता तथा निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन्। दाङको घोराही उपमहानगरपालिकाको वडा नं. ४ मा एमालेबाट उम्मेदवारी दिएका घिमिरे वडाध्यक्षमा निर्वाचित भएका हुन्।पछिल्लो समय फिल्म क्षेत्रबाट टाढा रहेका घिमिरे सामाजिक तथा राजनीतिक काममा सक्रिय छन्। वडाध्यक्षमा निर्वाचित भएपछि घिमिरेले सामाजिक सञ्जाल मार्फत आफ्ना मतदातालाई धन्यवाद दिँदै आफ्नो वडालाई देशकै नमुना वडा बनाउने घोषणा पनि गरेका छन्। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कला क्षेत्रबाट पनि धेरै कलाकारले