१६ भदौ, म्याग्दी । पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम एवं यात्रुलाई सास्ती भएको छ । सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ को लुलिया, हल्लेखर्क र वडा नं ५ को घोप्टेखर्कको पहिरोले आवतजावतमा दुःख दिने गरेको …
‘घोरेपानी डाँडैमा, गुराँस फुल्यो झललल, आ हा हा हा.. लाउने भए लाउहै माया, घर हाम्रो म्याग्दी हजुर’ श्रीप्रसाद पुर्जा पुनको शब्द, पूर्ण रामजाली पुनको संगीत र चन्द्रकुमार पुर्जा पुनको गायन रहेको यो गीतको शब्दझैं म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६ मा रहेको घोडेपानी गुराँस फुलेर मनमोहक बनेको छ। प्रकृतिमा रमाउनका लागि समुन्द्री सतहदेखि दुई हजार आठ सय […]
म्याग्दी, २० चैत । “घोरेपानी डाँडैमा, गुराँस फुल्यो झललल, आ हा हा हा।। लाउने भए लाउहै माया, घर हाम्रो म्याग्दी हजुर” श्रीप्रसाद पुर्जा पुनको शब्द, पूर्ण रामजाली पुनको सङ्गीत र चन्द्रकुमार पुर्जा पुनको गायन रहेको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी गुराँस फुलेर मनमोहक बनेको छ । प्रकृतिमा रमाउनका लागि समुन्द्री सतहदेखि […]
म्याग्दी : राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीय स्थल मानिएको म्याग्दीको घोडेपानी र पुनहिलमा पछिल्ला चार महिनामा विदेशी पर्यटकको संख्या बढेको छ।गत साउनदेखि मंसिरको पहिलो सातासम्म घोडेपानी र पुनहिल क्षेत्रमा १२ हजार ३६१ विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ।घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाईमा पर्ने गरेको छ। साउन महिनामा ९७६ जना, भदौमा ९९३ जना, असोजमा ३ हजार १११ जना, कात्तिकमा ५ हजार ७७९ जना र मंसिर १० गतेसम्म १ हजार ५०२ जनाले भ्रमण गर
१० असोज, म्याग्दी । करिब चार दशक अगाडि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने ‘घोडेपानी’ पोखरा हुँदै मुस्ताङ नून ढुवानी गर्नेहरुका लागि उकालो यात्रा गरेपछिको थकान मेटाउने ठाउँ थियो । बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले यसको नाम घोडेपानी रहन गएको बुढापाका बताउँछन् । पोखरादेखि उल्लेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरुले घोडेपानीका टहरामा […]
काठमाण्डौ – म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन शुरु भएको जनाउँदै भदौको पहिलो हप्तादेखि दैनिकरूपमा २० देखि एक सय जनासम्म विदेशी पर्यटक पुनहिल पुग्न थालेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले जानकारी दिनुभयो । आगामी सिजनका लागि विदेशी पर्यटकले धमाधम होटल बुकिङ गर्न थालेका उहाँले बताउनुभयो ।
...
म्याग्दी : वसन्त ऋतुको मौसम। छर्लङ्गै खुलेको आकाश। उत्तरतर्फका सेताम्ये हिमाल। जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस। लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक। म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलको यो दृश्यले यहाँ पुग्नेको मात्र होइन त्यो दृश्यको भिडियो तथा तस्वीर हेर्नेकोसमेत मन रोमाञ्चक बनाउँछ।चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट आँखै अगाडि हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ। समुन्द्री सतहबाट तीन हजा
चैत २१, म्याग्दी । चारैतिर घना गुराँसको जंगलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने ।
अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनाएको घोडेपानी टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा पुनले बताए । ‘घोडेपानी लालीगुराँसले ढकमक्क भइसकेको छ’, उनले भने, ‘हामी पर्यटकको पर्खाइमा छौँ, पर्यटकलाई स्वागत गर्न आतुर छौँ ।’
जाडो हटेर वनजंगलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ । चैत–वैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन् ।
पाखोमा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।
विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रजातिका छन् । घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनहरुमा उल्लेख छ ।
लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयवासीसमेत रहेका गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । ‘वनैभरि राताम्मे फुलेका गुराँसका रङले घोडेपानी क्षेत्रको जंगल निकै मनमोहक र आकर्षक बनेको छ’, उनले भने, ‘गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ ।’
बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आएका छन् । घोडेपानी पर्यटक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमराज गौलीका अनुसार दैनिक ६०/७० विदेशी र १०० जति नेपाली पर्यटक भ्रमणमा आएका छन् ।
घोडेपानी–पुनहिल घुम्न आउने विदेशी पर्यटकको तथ्यांक हामीले राख्ने गरेका छौँ’, उनले भने, ‘कोरोना महामारी फैलिएपछि २०७६ चैतदेखि रोकिएको पर्यटकको उपस्थिति गत फागुनदेखि हुन थालेको छ ।’
काठमाडौंबाट आठ जनाको समूहमा घोडेपानी घुम्न आएकी अक्षता भट्टराईले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रङ्गिएको जंगलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताए । गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको चितवनकी पुनम खरेलले अनुभव सुनाए ।
फागुन महीनासम्म सुनसान घोडेपानीमा गुराँस फुल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए । ‘स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘घोडेपानीमा रहेका २७ होटललाई सुविधा र पूर्वाधारका आधारमा दुई समूहमा वर्गीकरण गरेका छौँ, ११ होटललाई (क) र १६ लाई (ख) समूहमा वर्गीकरण गरेर फरक फरक दररेट बनाइएको हो ।’
एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रू. ९५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । यसअघि सबै होटलले प्रतिव्यक्ति एक रात बास बसेको, बेलुकाको खाना र बिहानको खाजाको रू. एक हजार ५०० शुल्क लिने गरेका थिए । घोडेपानीका होटलमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् ।
गत फागुन २८ गतेको बैठकले गरेको होटल वर्गीकरण र शुल्कको नयाँ दर २०७८ चैत १ गतेदेखि लागू हुने उपसिमतिका अध्यक्ष पुनले बताए ।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुन्द्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा अवस्थित छ । रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ घोडेपानीको पाखाको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । लालीगुराँसले रङ्गिएसँगै घोडेपानी आकर्षक र मनमोहक बनेको छ । तस्वीर ः सन्तोष गौतम÷रासस