एम अधिकारी राष्ट्र बैंकका गभर्नर भए राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

काठमाण्डाै – सत्ता साझेदार दलहरूको बैठकमा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीकाे विषयमा छलफल भएको छ । बैठकमा छलफलका क्रममा एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएमा उहाँले राजीनामा दिनुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाले जोड दिनुभएको छ । यसबारेमा बैठकमा कुराकानी भएको र प्रधानमन्त्री देउवाले पनि चासो व्यक्त गर्नुभएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । नेकपा एमालेले अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको नाम उल्लेख गरेपछि गभर्नर अधिकारी विवाद...

सम्बन्धित सामग्री

गभर्नर बर्खास्तीको माग गर्दै आज कार्टुन प्रदर्शन हुदै

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले आज बिहिबार कार्टुन प्रदर्शन गर्दै छन् । गभर्नर विरुद्द आन्दोलन गरिरहेका तीन विद्यार्थी संगठनहरु नेपाली कांग्रेसको नेविसंघ, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी)  र नेकपा एकिकृत समाजवादीको अनेरास्ववियूले पूर्व निर्धारित कार्यकम अनुसार आज कार्टुन प्रदर्शन गर्न लागेका हुन् ।विद्युअर्थी संगठनहरुले आज दिउँसो ३ बजे माइतीघर मण्डलामा  कार्टुन प्रदर्शन गर्न लागेका हुन्  । उनीहरुले यस अघि हिजो बुधबार राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरीका कार्यालयहरूमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गरेका थिए  । साउन  ६ गते शुक्रबार देशैभरी क्याम्पसहरूमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने तय भएको छ । त्यस्तै  साउन ७ गते संघीय सांसदहरुलाई  गभर्नर बर्खास्तीको माग गर्दै आवाज संसद्‍मा उठाउन अनुरोध गर्दै प्रदर्शनीमार्ग अगाडि सडकबाट सन्देश पठाउने कार्यक्रम विद्यार्थी संगठनहरूले तय गरेका छन् ।नेकपा एमालेले सार्वजनिक गरेको आफ्नो अर्थ तथा योजना विभाग सदस्यमा एम अधिकारीको नाम उल्लेख भएको र ति व्यक्ति गभर्नर नै भएकोले  विद्यार्थी संगठनहरुले उनको राजीनामा वा बर्खास्तीको माग गर्दै आन्दोलन थालेका हुन् । यद्यपि उनी स्वयंले भने आफु एम अधिअकरी नभएको र एमालेको विभागको सदस्य नरहेको बताएका छन् भने एमालेले पनि एम अधिकारी भन्ने व्यक्ति गभर्नर नभएको प्रष्टीकरण दिएको छ।