काठमाडौं : इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको छ। चेन्नईले दिएको २१९ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो।मुम्बईका लागि केरन पोलार्डले ३४ बलमा अविजित ८७ रन बनाएर मुम्बईलाई जित दिलाएका थिए। पोलार्डले यस सिजनको आइपिएलको कम बलको अर्धशतक समेत बनाएका थिए। ८७ रन बनाउँदा ६ चौका र ८ छक्का प्रहार गरेका पोलार्डले १७ बलमा अर्धशतक पुरा गरेका थिए।त्यस्तै मुम्बईका लागि क्वेंटन डिककले ३८ रन बनाए भने कप्ता