काठमाडौँ- नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारी आराम गर्ने कोठामा मृत अवस्थामा फेला परेका छन्। विद्युत प्राधिकरणको इलोक्टोनिक चौथो तहका कर्मचारी ४५ वर्षीय सलेन्द्र हमाल ड्युटीमा रहेको अवस्थामा काठमाडौँ महानगरपालिका-२८ रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको आराम गर्ने कोठामा मृत फेला परेको महानगरीय प्रहरी परिसरले जनाएको छ। प्रहरीका अनुसार बिहान ९:२० बजेको समयमा हमाल मृत अवस्थामा फेला […]