दैनिक एकलाख लिटर दूध अपुग, भारतबाट आयात गर्न अनुमति माग

नेपालमा किसानका दूध विक्री नभएर सडकमा पोख्नुपरेका दृश्यहरु सार्वजनिक भैरहेका बेला नेपालका डेरी उद्योगीले भने दूध अपुग भयो भन्दै भारतबाट आयात गर्न अनुमति मागेका छन् । नेपालका डेरी उद्योगीको छाता सङ्गठन डेरी उद्योग सङ्घले एक साताअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र लेखी दैनिक एक लाख लिटर झोल दूध भारतबाट आयात गर्न अनुमति माग गरेको …

सम्बन्धित सामग्री

दैनिक ५ लाख लिटर दूध नपुग

काठमाडौं । उत्पादन घटेसँगै बजारमा दैनिक ५ लाख लिटर दूध अपुग भएको छ । बजार माग यथावत् रहेको तर दुधालु पशुपालक किसानको संख्या घटेर दूध उत्पादनमा गिरावट आएपछि अभाव देखिएको हो । कोरोना महामारीका कारण थला परेको दुग्ध उद्योग अझै सम्हालिन नसक्दा दूध उत्पादन गर्ने किसानको संख्या घटेको हो । नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्र≈लाद दाहालका अनुसार कोरोना महामारी अघिसम्म देशभर दूध उत्पादनमा करीब ६ लाख घरपरिवार संलग्न थिए । महामारीकै प्रभावका कारण अहिले ५ लाख घरपरिवार मात्रै यसमा संलग्न छन् । दुधालु पशुपालनमा संलग्न किसान परिवारको संख्या घटेसँगै दूध उत्पादन पनि दैनिक ५ लाख लिटरका दरले घटेको दाहालले बताए । सामान्य अवस्थामा नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ । अचेल दैनिक उत्पादन ५७ लाख लिटरमा झरेको छ । कोरोना महामारी अघिसम्म बजारमा दैनिक ३१ लाख लिटर दूध आपूर्ति हुने गरेकोमा अहिले २६ लाख लिटर मात्रै आपूर्ति हुन्छ । गर्मी मौसम शुरू भएसँगै अहिले दही, मही, आइसक्रिमजस्ता दुग्ध पदार्थको खपत बढेको छ । दूधको अभाव भएकै बेला पाउडर प्लान्टहरूसँग धूलो दूधको मौज्दात समेत शून्यमा झरेको छ । भदौदेखि माघसम्म दूध उत्पादन बढी हुने समयमा यस वर्ष उत्पादन बढ्न नसकेपछि धूलो दूध र बटर मौज्दात रित्तिएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए । उनका अनुसार बजारमा दूधको अभाव देखापरेपछि व्यवसायीले सरकारसँग दूध आयातका लागि अनुमति मागेका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान, निजीक्षेत्रका नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डमा भारतबाट दूध आयात गर्ने अनुमति माग गर्दै निवेदन दिएको बोर्डले जानकारी दिएको छ । बोर्ड र मन्त्रालयले अहिलेसम्म अनुमति दिने/नदिने केही बताएका छैनन् । अहिले नेपालमा मात्रै नभई विश्वभर दूध अभाव छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको फूड एन्ड एग्रिकल्चर अर्गनाइजेशनको तथ्यांकअनुसार विश्वभर अहिले १५ प्रतिशत जतिले दूध उत्पादनमा कमी आएको छ । धूलो दूध उत्पादन गर्ने प्लान्टहरूले धूलो दूध मात्रै आयात गर्नुपर्ने तर्क गरिरहे पनि आफूहरूले धूलो र कच्चा झोल दूध दुवै आयात गर्नुपर्ने माग गरेको एशोसिएशनका अध्यक्ष दाहाल बताउँछन् । उनका अनुसार दूध अभावका कारण बिस्कुट कारखानादेखि कुखुराको दाना उत्पादन गर्ने उद्योगसम्म मर्कामा परेका छन् । गतवर्ष असोजमा पनि दूध अभाव भएपछि सरकारले १ महीनाका लागि भारतबाट आयात गर्ने अनुमति दिएको थियो । तर, चाडपर्वका बेला परेको भन्दै दुग्ध व्यवसायीले त्यस बेला पर्याप्त मात्रामा दूध आयात गरेनन् ।

दूध आयात गर्न अनुमति माग

डेरी उद्योगीले दूध अपुग भयो भन्दै भारतबाट आयात गर्न कृषि तथा पशुपन्छी विका