दूध आयात गर्न अनुमति माग

डेरी उद्योगीले दूध अपुग भयो भन्दै भारतबाट आयात गर्न कृषि तथा पशुपन्छी विका

सम्बन्धित सामग्री

दैनिक ५ लाख लिटर दूध नपुग

काठमाडौं । उत्पादन घटेसँगै बजारमा दैनिक ५ लाख लिटर दूध अपुग भएको छ । बजार माग यथावत् रहेको तर दुधालु पशुपालक किसानको संख्या घटेर दूध उत्पादनमा गिरावट आएपछि अभाव देखिएको हो । कोरोना महामारीका कारण थला परेको दुग्ध उद्योग अझै सम्हालिन नसक्दा दूध उत्पादन गर्ने किसानको संख्या घटेको हो । नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्र≈लाद दाहालका अनुसार कोरोना महामारी अघिसम्म देशभर दूध उत्पादनमा करीब ६ लाख घरपरिवार संलग्न थिए । महामारीकै प्रभावका कारण अहिले ५ लाख घरपरिवार मात्रै यसमा संलग्न छन् । दुधालु पशुपालनमा संलग्न किसान परिवारको संख्या घटेसँगै दूध उत्पादन पनि दैनिक ५ लाख लिटरका दरले घटेको दाहालले बताए । सामान्य अवस्थामा नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ । अचेल दैनिक उत्पादन ५७ लाख लिटरमा झरेको छ । कोरोना महामारी अघिसम्म बजारमा दैनिक ३१ लाख लिटर दूध आपूर्ति हुने गरेकोमा अहिले २६ लाख लिटर मात्रै आपूर्ति हुन्छ । गर्मी मौसम शुरू भएसँगै अहिले दही, मही, आइसक्रिमजस्ता दुग्ध पदार्थको खपत बढेको छ । दूधको अभाव भएकै बेला पाउडर प्लान्टहरूसँग धूलो दूधको मौज्दात समेत शून्यमा झरेको छ । भदौदेखि माघसम्म दूध उत्पादन बढी हुने समयमा यस वर्ष उत्पादन बढ्न नसकेपछि धूलो दूध र बटर मौज्दात रित्तिएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए । उनका अनुसार बजारमा दूधको अभाव देखापरेपछि व्यवसायीले सरकारसँग दूध आयातका लागि अनुमति मागेका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान, निजीक्षेत्रका नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डमा भारतबाट दूध आयात गर्ने अनुमति माग गर्दै निवेदन दिएको बोर्डले जानकारी दिएको छ । बोर्ड र मन्त्रालयले अहिलेसम्म अनुमति दिने/नदिने केही बताएका छैनन् । अहिले नेपालमा मात्रै नभई विश्वभर दूध अभाव छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको फूड एन्ड एग्रिकल्चर अर्गनाइजेशनको तथ्यांकअनुसार विश्वभर अहिले १५ प्रतिशत जतिले दूध उत्पादनमा कमी आएको छ । धूलो दूध उत्पादन गर्ने प्लान्टहरूले धूलो दूध मात्रै आयात गर्नुपर्ने तर्क गरिरहे पनि आफूहरूले धूलो र कच्चा झोल दूध दुवै आयात गर्नुपर्ने माग गरेको एशोसिएशनका अध्यक्ष दाहाल बताउँछन् । उनका अनुसार दूध अभावका कारण बिस्कुट कारखानादेखि कुखुराको दाना उत्पादन गर्ने उद्योगसम्म मर्कामा परेका छन् । गतवर्ष असोजमा पनि दूध अभाव भएपछि सरकारले १ महीनाका लागि भारतबाट आयात गर्ने अनुमति दिएको थियो । तर, चाडपर्वका बेला परेको भन्दै दुग्ध व्यवसायीले त्यस बेला पर्याप्त मात्रामा दूध आयात गरेनन् ।

आउन थाल्यो भारतबाट दूध

दूध आयात गर्न खुला भएपछि भारतबाट कच्चा दूध आयात गर्न थालेका छन् । दूधको अभाव हुन थालेपछि डेरी उद्योगीले भारतबाट दूध आयात खुला गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरेका थिए । सोही मागअनुसार कृषि मन्त्रालयले असोज मसान्तसम्मका लागि दूध आयात गर्ने अनुमति दिएको हो ।

दूध आयात रोक्न चितवनका किसानको माग

दूध आयात गर्न अनुमति दिने तयारी गरेपछि चितवनका दुग्ध किसानहरुले विरोध जनाएका छन् । प्रतिदिन १ लाख ३० हजार लिटर दूध आयात गर्ने प्रस्ताव कृषि तथा पशुपंक्षी मन्त्रालयले अर्थ मन्त्रालय पठाएपछि चितवनबाट विरोध सुरु भएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारीले पत्रकार सम्मेलन गर्दै दूध आयात नगर्न चेतावनी दिएको छ ।जिल्ला अध्यक्ष रत्नमणी न्यौपानेले […]