काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैतमा सञ्चालन गर्ने तयारी गरेको छ। तर, बोर्डले यसको औपचारिक निर्णय गरिसकेको छैन।कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष परीक्षा नै नलिएको बोर्डले यसपटक परिस्थिति अनुकुल भएकाले भौतिक उपस्थितिमा परीक्षा लिने योजना बनाएको छ। हुन त विगत दुई वर्ष पनि बोर्डले परीक्षाको तयारी नगरेको होइन । कोरोना महामारी तिब्र फैलिएपछि अन्तिम समयमा परीक्षा स्थगित गरी आन्तरिक मुल्याङ्कन विधिबाट नतिजा निकालिएको थियो ।दुवै वर्ष छ