काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले सङ्घीयता र समावेशीकरणको नेतृत्व माओवादीले गर्नुपर्ने बताएका छन् । आज (आइतबार) कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन उद्घाटन समारोहको सफलताको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘सङ्घीयता र गणतन्त्र स्थापना भएको छ । त्यसलाई कसैले हल्लाउन सक्दैन’, नेता झाले भने, […]