सांसद अनिलकुमार झाले बजेट निर्माणमा सांसदको भूमिका नहुनु दुःखद रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिंगो संसद र सांसदहरुको हविगत बढो कहालीलाग्दो रहेको बताए । उनले भने– ‘जुन संसदले देशको नीति निर्माणको काम गर्दछ र जनताबाट प्रत्यक्ष निर्वाचित सबैभन्दा ठूलो जिम्मेवारीको पद मानिन्छ ती सांसदहरुको यो बजेट निर्माणमा के भूमिका छ ? कुनै भूमिका छैन । अहिले सरकारमा हालीमुहाली रहेका नेताहरुको क्षेत्रमा बजेट अलि बढी नै होला । के यो बजेटमाथि मैले भनेको कुराहरु पनि छ भ