काठमाडौँ जिल्लामा देशभरकै सर्वाधिक २ हजार ४५८ संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५५६, भक्तपुरमा ३३५, रुपन्देहीमा ५२२ र मोरङमा ४३४ जना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । ने