नुवाकोटमा माधव नेपाल पक्षीय युवासंघको कमिटी र पिपुल्स भोलेन्टियर घोषणा

नुवाकोटमा नेकपा एमालेको माधव कुमार नेपाल पक्षीय युवासंघको आयोजक कमिटी घोषणा गरिएको छ । संगठनका जिल्ला सहइन्चार्ज सुरेश अधिकारीको संयोजकत्वमा १५३ सदस्सीय सम्मेलन आयोजक कमिटी घोषणा गरिएको हो । बुधबार युवा संघ नेपालका जिल्ला इन्चार्ज उद्धव पनेरुको अध्यक्षतामा जिल्लाका केन्द्रीय कमिटी सदस्यहरुको उपस्थितिमा गरिएको भेला बाट सो कमिटी गठन गरिएको हो । यस्तै नेपाल पक्षले पिपुल्स भोलेन्टियर विभाग पनि गठन गरिएको छ । सो विभागको संयोजक जीवन आले मगर चयन भएको संघका संयोजक पनेरुले जानकारी दिए ।&nb

सम्बन्धित सामग्री

ओली पक्षको युथफोर्सलाई काउन्टरः माधव नेपालले घोषणा गरे ‘पिपुल्स भोलेन्टियर’

काठमाडौं। नेकपा एमालेमा केपी शर्मा ओली पक्षले युथफोर्स ब्युँत्याएसँगै माधव नेपाल पक्षले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको छ। नेपाल पक्षनिकट युवासंघ नेपालले बिहीबार भक्तपुर सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा भव्य कार्यक्रम गरेर ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको हो। एमाले वरिष्ठ नेता नेपालले एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन्। जसको प्रमुखमा शिव श्रेष्ठ, सचिवमा मनोज खत्री र इन्चार्जमा सञ्जीव राई छन्।

‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्दै माधव नेपाल

नेपाल एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीवार ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्दैछन् । नेपाल पक्षीय युवा संघ नेपालका अध्यक्ष नरेश शाहीको नेतृत्वको ‘पिपुल्स भोलेन्टियर’ घोषणा हुन लागेको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा हुने कार्यक्रमबाट नेता नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्न लागेका हुन् । नेकपा एमालेमा विवाद चर्किएका बेला विभिन्न पक्षबाट छुट्टाछुट्टै संगठन र फोर्स सार्वजनिक भइरहेका छन् ।

एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्दै माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्ने भएका छन् । नेपालनिकट युवा संघले गठन गरेको ‘पिपुल्स भोलेन्टियर’को भक्तपुरमा बिहीबार कार्यक्रम आयोजना गरेर घोषणा...