काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताउनुभएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रतिपक्षी दलका नेताहरूलाई जवाफ दिँदै उहाँले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताउनुभएको हो ।
उहाँले संसद्को स्थायित्वका लागि आफूलाई मतदान गरी संसदलाई बचाउन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसद् विघटन होला कि भन्ने चिन्ता छ । मत दिनुहोस् न कसरी विघटन हुन्छ ?’
ओलीले आफू सबैभन्दा ठूलो, धेरै जनमत र सिट भ...