असंलग्न राष्ट्रहरूको १९औँ शिखर सम्मेलन यही शुक्रबार र शनिबारबाट युगाण्डामा सुरू हुँदैछ । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज रातिको उडानमा जाँदैछन् । तर, कुटनीति क्षेत्रका जानकार सरकारको पछिल्ला शैली र नीतिगत विचलनले असंलग्नतामा विश्वले विश्वास गर्ने ठाउँ नभएको टिप्पणी गर्छन् ।