गण्डकी प्रदेशमा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१३ जनामा गरिएको परीक्षणमा २१३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट १७८ र एन्टिजिन परीक्षणबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा वृद्धी भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररूपमा बृद्धि भएको छ । गत आइतबार प्रदेशका विभिन्न जिल्लामा ३८ जना मात्र संक्रमित देखिएकोमा सोमबार ७०, मंगलबार ११४, बुधबार १२१, बिहिबार १६५ शुक्रबार