अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) हिमालको सबैभन्दा नजिकको बस्ती हो, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ । नारच्याङ गाउँको सिरानमा रहेका अन्नपूर्ण, वराहशिखर, तिलिचो पिक र नीलगिरि साउथ हिमालबाट मिस्त्रीखोला बग्दै आएको छ । यहीखोलाको किनारा पछ्याउँदै पुस्तौंपुस्ता नारच्याङवासीले भेडागोठ हिमालमुनिसम्म गोठ पुर्याए/फर्के । उनीहरूले कहिल्यै भेडा धपाउँदै उभौली–उधौली गरेको गोठालो मार्गको ऐतिहासिक महत्त्वबारे ज्ञान नै पाएनन् ।