नेकपा एमाले बाँकेले महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ ।
एमाले बाँके अनुसार क्षेत्र नं. १ बाट देवराज भार, सूर्य ढकाल, प्रेम भुसाल, वसन्ती अधिकारी र भारती खनाल छनोट भएका छन् ।
यसै गरी क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाह, विजया धिताल छनोट भएका छन् ।
क्षेत्र नम्बर ३ बाट पार्टी उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, घननाथ खनाल र भूमिसरा धिताल प्रतिनिधि चयन भएका छन् ।