बैतडी : सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिएन थालेको छ। आज यहाँ एकजनामा कोरोना संक्रमण देखा परेको छ। गत २४ घण्टामा २१६ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा संक्रमण देखिएको छ। नाकामै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। जेठ ३ गतेपछि १८ दिनपछि यो प्रदेशमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ।यस्तै भारतसँग सीमा जोडिएका नाकामा सतर्कता अपनाइएको छ। सत