१५ कात्तिक, काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी निर्देशिका बनाएको तीन वर्ष बित्यो । तर, अझै कार्यान्वयनको तहमा देखिएको छैन ।
सुर्तीजन्य पदार्थका बट्टा र प्याकेटमा स्वास्थ्यसम्बन्धि चेतावनीमुलक चित्रले ९० प्रतिशत भाग ढाक्नुपर्ने 'सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०७१' मा उल्लेख छ । उक्त प्रावधान अझै कार्यान्वयन हुन सकेको छैन …