हतियार सहित पर्सामा ३ पक्राउ

पर्सा : सर्लाहीको मलंगवामा गोली हानी एक युवकको हत्या भएको २४ घण्टा नबित्दै पर्साबाट लङ रेन्जको दुईनाले हतियार सहित ३ अभियुक्त पक्राउ परेका छन्। उनीहरूलाई मोटरसाइकलबाट गल्लीमा निस्केको सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गर्न सफल भएको हो।खुला सिमानाका कारण सीमावारि हुन सक्ने आपराधिक गतिविधि रोक्न खटेको सशस्त्रको टोलीले पर्साको विन्दवासिनी गाउँपालिका–३ नहर चोकबाट बिहीबार पक्राउ गरेको हो।अभियुक्त बिहीबार लङ रेन्जको हतियार र त्यसमा लाग्ने एक थान कार्टिज पनि लिएर मोटरसाइकल चढी पर्साको सबैठवाबा

सम्बन्धित सामग्री

पर्सामा १२ बोरको हतियार सहित माझी पक्राऊ

वीरगन्ज । सुरक्षा निकाय निर्वाचनमा केन्द्रित भएको समयमा १२ बोरको अवैध हतियार सहित पर्सामा २७ बर्षीय एक पुरुष पक्राउ परेका छन् । जिल्लाको पर्सागढी नगरपालिका तेलिया टोलबाट उनी पक्राउ परेका हुन् । पक्राउ पर्ने व्यक्ति पर्सागढी नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २७ का मनोज भन्ने शिवु माझी मुसहर रहेको पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश […] The post पर्सामा १२ बोरको हतियार सहित माझी पक्राऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

हतियारसहित पर्सामा एकजना पक्राउ

पर्सा : पर्सामा शुक्रबार बिहान १२ बोरको एकनाले हतियार सहित एकजना पक्राउ परेका छन्। चुनावी आचारसंहिता लागिरहेको समयमा पर्साको सखुवाप्रसौनी गाउँपालिका-१ बाट सो हतियारसहित स्थानीय सल्टु महतो पक्राउ परेका हुन्।उनले बिहीबार साँझ ९ बजेर २० मिनेटमा सखुवाप्रसौनी वडा नम्बर १ कै औराहा बस्ने मंगलबहादुर भ्लोनको बाँसको टाटी भएको माटोले लिपेको घरको पश्चिमपटि बेरामा गोली हानेको खुलेको पर्सा प्रहरीले जनाएको छ। सो गोली बेराबाट भित्र प्रवेश गरी घरभित्र रहेको चामलको बोराभित्र रहेको फेला परेपछि अनुसन्धान गर्ने क्रम

पर्सामा बरामद बन्दुक इजाजत प्राप्त रहेको खुलासा

सशस्त्र प्रहरी बल पर्साले बिहीबार अवैध भनी नियन्त्रणमा लिएको दुईनाले बन्दुक जिल्ला प्रशासन कार्यालयबाट इजाजत प्राप्त रहेको खुलेको छ । इजाजत प्राप्त हतियार रहेको पाइएपछि पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका ३ सबैठवाबाट दुईनाले बन्दुकसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

पर्सामा बरामद बन्दुक इजाजत प्राप्त रहेको खुलासा

सशस्त्र प्रहरी बल पर्साले बिहीबार अवैध भनी नियन्त्रणमा लिएको दुईनाले बन्दुक जिल्ला प्रशासन कार्यालयबाट इजाजत प्राप्त रहेको खुलेको छ । इजाजत प्राप्त हतियार रहेको पाइएपछि पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका ३ सबैठवाबाट दुईनाले बन्दुकसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

अवैध हतियार कारोवारी लुट्ने प्रहरीसहितको गिरोह पक्राउ

पर्सा : अवैध हतियार र लागुऔषध कारोवारीलाई लुटपाट गर्ने प्रहरी जवानसहित आठ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। अवैध हातहतियार र लागुऔषध पनि लुटपाट गर्ने प्रहरीसहितको गिरोहलाई आइतबार पर्सा प्रहरीले सार्वजनिक गरेको हो।अवैध हातहतियार र लागुऔषध कारोवारीलाई प्रहरी जवानसहितको लुटेरा समूहले वीरगन्जको बसपार्कस्थित मनकामना गेष्ट हाउसबाट लुटेको प्रहरीले जनाएको छ। लुटपाट गर्ने प्रहरी जवान रौतहट सखुहवा नगरपालिका–१ घर भई पर्सामा कार्यरत अवधेश प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएक