हिमपात भएपछि रुकुम पूर्वमा पठन पाठन प्रभावित बनेको छ । मौसममा आएको बदलीसँगै मंगलबार र बुधबार भएको हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा पढाइ प्रभावित बनेको हो । बाक्लो हिमपात भएपछि...
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको कार्कीढुंगास्थित पुःनस्र्थापित आधारभुत विद्यालयले टिनले बनाएको टहरामा पठन–पाठन सञ्चालन गरिरहेको छ । भवन अभावमा पुःनस्र्थापित आधारभुत विद्यालयले टहरामा बालबिकास केन्द्र, कक्षा १ र कक्षा २ को पठन–पाठन गर्दैआएको छ । बालबिकास केन्द्र र कक्षा १ का विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउने गरिएको प्रअ बिन्दाकुमारी अधिकारीले बताईन् । […]
The post टिनले बनाएको टहरामै पठन–पाठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडाैँ – शनिवार साउथ एसिया अन्तराष्ट्रिय बुक फेयर भृकुटी मण्डपमा ‘पठन संस्कृति विकासमा साहित्य महोत्सवको योगदान’ माथि अन्तरसंवाद भएको छ। पठन संस्कृति विकासमा साझा प्रकाशनले नेपालमा पहिलोपटक पुस्तक प्रदर्शनी भएको सम्झिए मध्यस्तकर्ताले। अहिले हुने महोत्सवबाट पठन संस्कृतिमा प्रभावकारी भूमिका खेल्ने बताए प्रकाशक अजित बरालले। सन् २०११ बाट नेपाल साहित्य महोत्सव निरन्तर गर्दै आएका बरालले भने, […]
स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत हुनुहुन्छ । तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका …
खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको बालविकास आधारभूत विद्यालय पिपचाहीमा चालू शैक्षिक सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठन–पाठन सुरु गरिएको हो । तिलुङ भाषाको पठन–पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले विद्यालयलाई हस्तान्तरण गरेकी छन् […]
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको बालविकास आधारभूत विद्यालय पिपचाहीमा चालू शैक्षिक सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठन–पाठन सुरु गरिएको हो । तिलुङ भाषाको पठन–पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले विद्यालयलाई हस्तान्तरण गरेकी छिन् । तिलुङ भाषाको पठन–पाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकि
खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी गरेको छ । बिहीबार मेयर बिमला राईको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकले नगरका सबै मावि तहका १२ विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्ने निर्णय गरेको हो । अंग्रेजी माध्यमको पठन पाठनप्रति विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै नगरपालिकाले मावि तहका […]
काठमाडौँ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी गरेको छ। बिहीबार मेयर बिमला राईको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकले नगरका सबै मावि तहका १२ विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्ने निर्णय गरेको हो। अंग्रेजी माध्यमको पठन पाठनप्रति विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै नगरपालिकाले मावि तहका विद्यालयमा अंग्रेजी […]
सुर्खेत । नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्दको आह्वान गरे पनि कर्णालीका तीन स्थानीय पालिकाले भने पठन–पाठन जारी राखेका छन् । सल्यानको दार्मा गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले शैक्षिक संस्था खुल्ला नै राखेर पठन–पाठन बन्द नगर्ने जनाएका हुन् ।वायु प्रदूषण बढेकोले देशभरका विद्यालय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था नआएको भन्दै यी पालिकाले विद्यालय सञ्चालन गर्न आग्रह गरेका थिए । लामो समयसम्म कोभिड–१