केही दिनयता देशका विभिन्न स्थानमा तापक्रम अत्यधिक बढेसँगै विद्यालय बन्द गरिएका छन् । गर्मी बढ्दा स्वास्थ्यमा जोखिम हुने र असर गर्ने भएकाले तराईका जिल्लाहरूमा केही दिनका लागि विद्यालय बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागले तातो हावा तथा लु लाग्ने सम्भावना देखाउँदै उच्च सावधानी अपनाउन आग्रह गरको छ ।