ललितपुर । जेठ ११ गते भोटो देखाउने जात्राका लागि सोमवार रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इटीटोलदेखि जावलाखेलसम्म यात्रा सम्पन्न भएको छ ।
गुठी संस्थानका अनुसार रथ जावलाखेल पुर्याइएको चार दिनपछि राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको उपस्थितिमा भाटो देखाउने परम्परा छ । भोटो जात्राको दिन उपत्यकाभित्र सार्वजनिक बिदा दिइने चलन छ ।
भोटो जात्रापछि यस वर्षको रथयात्रा समापन हुनेछ । यस वर्षको रथयात्रा गत वैशाख ११ गते शुरु भएको थियो । तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान