झापा। बिर्तामोड नगरपालिकाले नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ। नगरपालिकाले निराकार सरसफाई सेवा प्रालिलाई नगरमा उत्पादित फोहोर व्यवस्थापनको जिम्मा दिएको हो। आज आयोजित एक कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले प्रालिका प्रतिनिधि रविन भट्टराईलाई सम्झौतापत्र हस्तान्तरण गरे। प्रालिले आगामी असार एक गतेदेखि आगामी तीन वर्षसम्म नगरक्षेत्रको फोहोर व्यवस्थापनको काम गर्नेछ। रासस