काठमाडौं : युरोप विश्वकप छनोट अन्तर्गत युक्रेनले स्कटल्याण्डलाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लेअफको फाइनलमा पुगेको छ। युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टेम डोभबीकले एक एक गोल गरेका थिए।स्कटल्याण्डका लागि कलुम म्याकग्रेगोरले एक गोल गरे। युरोपको विश्वकप छनोटमा बाँकी एक स्थानका लागि हुने छनोटमा अब वेल्स र युक्रेन खेल्ने छन्। दुबैबीचको खेल जुन ५ मा हुने छ।युरोपबाट यसअघि १२ देश जर्मनी, डेन