काठमाण्डौमा बालेन शाहले अग्रता बढाउँदै

 काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राख्नुभएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले १२२८ मत प्राप्त गर्नुभएको छ । एमालेका केशव स्थापितले ८७१ र गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ६९९ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा एमालेकी सुनिता डङ्गोलले ६०२ मत र गठबन्धनको तर्फबाट रामेश्वर श्रेष्ठले १२६ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित सामग्री

काठमाण्डौ महानगरमा बालेन शाहलाई ७ हजार ११४ मतको अग्रता

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार ११४ मतले अगाडि रहनुभएको छ । पछिल्लो मत परिणाम अनुसार ३९ हजार ५०९ मत गन्दा शाहले १५ हजार ४०२ मत पाउनु भएको छ । यस्तै स्थापितले ८ हजार २८८ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार २९० सय मत प्राप्त गर्नु भएको छ  । यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलले अग्रता बढाउँदै लैजानु भएको छ । उहाँले १२ हजार १५७ मत प्राप्त गर्नुभएको छ ।

काठमाण्डौ महानगर अपडेट : बालेन शाह झन्डै २९ सय मतले अगाडि

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लैजानु भएको छ । १६ हजार ९ सय ५० मत गन्दा उहाँले ६ हजार एक सय ९४ मत पाउनु भएको छ । यो एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झन्डै २९ सयले धेरै हो । स्थापितले अहिलेसम्म ३ हजार ३ सय मत ल्याउनु भएको छ । यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले दुई हजार ८ सय ६६ मत ल्याउनु भएको छ । यसैबीच उपमेयरमा एमालेकी सुनिता डङ्गाेलले अग्रता बढाइरहनु भएको छ । उहाँले अहिलेसम्म ६ हजार ३ सय ४४ मत पाउनु भएको छ।

काठमाण्डाैमा अग्रता बढाउँदै बालेन शाह, केशव स्थापित ४७ मतले पछि

काठमाण्डाै – पालिका चुनाव अन्तर्गत काठमाण्डाै महानगरपालिकामा अहिलेसम्म १३ सयभन्दा धेरै मतगणना भइसकेकाे छ । अहिलेसमम्मकाे गणनामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहकाे अग्रता कायमै छ ।  बालेन शाहले ४ सय १३ मतसहित अग्रता लिइरहनुभएकाे छ । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइ रहनुभएकाे छ । स्थापितले ३ सय ६६ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ३३ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै राप्रपाबाट मदनदास श्रेष्ठले ४७, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६४ र विवेकश...