काठमाण्डौ महानगरमा बालेन शाहलाई ७ हजार ११४ मतको अग्रता

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार ११४ मतले अगाडि रहनुभएको छ । पछिल्लो मत परिणाम अनुसार ३९ हजार ५०९ मत गन्दा शाहले १५ हजार ४०२ मत पाउनु भएको छ । यस्तै स्थापितले ८ हजार २८८ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार २९० सय मत प्राप्त गर्नु भएको छ  । यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलले अग्रता बढाउँदै लैजानु भएको छ । उहाँले १२ हजार १५७ मत प्राप्त गर्नुभएको छ । 

सम्बन्धित सामग्री

काठमाडौँ महानगरमा बालेन शाहलाई १० हजार मतको अग्रता

काठमाडौँ । काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह दोब्बर मतले अग्रता बनाइरहेका छन् ।

काठमाण्डाैमा अग्रता बढाउँदै बालेन शाह, केशव स्थापित ४७ मतले पछि

काठमाण्डाै – पालिका चुनाव अन्तर्गत काठमाण्डाै महानगरपालिकामा अहिलेसम्म १३ सयभन्दा धेरै मतगणना भइसकेकाे छ । अहिलेसमम्मकाे गणनामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहकाे अग्रता कायमै छ ।  बालेन शाहले ४ सय १३ मतसहित अग्रता लिइरहनुभएकाे छ । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइ रहनुभएकाे छ । स्थापितले ३ सय ६६ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ३३ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै राप्रपाबाट मदनदास श्रेष्ठले ४७, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६४ र विवेकश...