बाँकेमा कोरोनाबाट हालसम्म १८० को मृत्यु

राँझा– बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ । पछिल्लोपटक आज बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान २ः३० बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको मृत्यु भएको छ । बाँकेमा आजसम्म कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पत

सम्बन्धित सामग्री

भेरी अस्पतालमा कोरोनाबाट थप दुईजनाको मृत्यु

काठमाडौं :  बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। पुस १३ गते भेरी अस्पतालमा अस्पताल भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका– २ का ८६ वर्षीय पुरुषको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज वलीले जानकारी दिए। यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४८ पुगेको छ।यस्तै भेरी अस्पतालमै गए राति पौने १२ बजे दाङको शान्तिनगर गाउँपालिका –२ का ८० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो। उनलाई पुस १६ गते अस्पताल भर्ना गरिएको थियो।

बाँकेमा कोरोना संक्रमित ८२ वर्षीय एक पुरुषको मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार कोहलपुर नगरपालिका वडा नं. ८ का ८२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। मंसिर ९ गते पीसीआर जाँच गरिएका उनलाई त्यही दिन अस्पताल भर्ना गरिएको थियो। उनको सोमबार दिउँसो साढे दुई बजे मृत्यु भएको छ। योसँगै […]

बाँकेमा कोरोनाबाट थप चार जनाको मृत्यु

बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चार जनाको मृत्यु भएको छ । ती संक्रमितको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । योसँगै हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१३  र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ ।

बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

बाँके : पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र युनाइटेड अस्पतालमा १-१ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँके, सुर्खेत र बझाङका १-१ जना छन्।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरीमा उपचाररत चौकुने ४ सुर्खेतका ७० वर्षीय पुरुष, युनाइटेड अस्पतालमा  नेपालगन्ज ८ बाँकेका ६७ वर्षीय पुरुष र नेपालगन्ज मेडिकल कलेजमा खप्तडचना ४ बझाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। योसँगै

माओवादी केन्द्रले बाँकेमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै

बाँके : कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा बाँकेमा राजनीतिक दलहरू पनि खटिन थालेका छन्‌। नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापन अभियान थालेको छ।बुधबार पहिलो दिन रुकुम र बाँकेको चप्परगौंडीका दुई व्यक्तिको शव व्यवस्थापन गरिएको कोहलपुर नगर कमिटीका सचिव तथा शव व्यवस्थापन समितिका संयोजक बल बहादुर खड्काले जानकारी दिए। कोरोनाबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमै समस्या देखिएपछि नगर प

बाँकेमा कोरोनाबाट एक महिनामा २४२ जनाको मृत्यु

काठमाडौं। गत वैशाख महिनामा मात्र बाँकेमा कोरोना भाइरस संक्रमणका कारण २४२ जनाको मृत्यु भएको छ। वैशाखमा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाकै १६७ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ। कोरोनाका कारण मृत्यु हुनेमा १०१ जना महिला र १४१ पुरुष रहेका छन्। हाल बाँकेमा करिब चार हजार सक्रिय संक्रमित छन्।

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।गएराति बाँकेको भेरी अस्पतालमा बाँके जिल्लाका ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जनाकारी दिए।त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बाँकेकै २७ वर्षीय पुरुषको मृत्यु भएको छ। बाँकेमा कोरोनाबाट हालसम्म १४५ जनाको मृत्यु भएको र बाहिर जिल्लामा १ सय २५ जना मृत्यु भएको वलीले जानकारी दिए।

बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार गएराति ७ बजे यता नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा चार जना संक्रमितको निधन भएको छ। मृत्यु हुनेमा कैलालीका ८० वर्षीय, ५५ वर्षीय पुरुष छन् भने बाँकेका ७० वर्षीय पुरुष र ६५ वर्षीया महिला छन्। योसँगै जिल्ला बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ स ४१ पुगेको छ भने बाँकेका विभिन्न अस्पतालमा बाहिरी जिल्लाका १ सय २१ जनाको मृत्यु भएको वलीले बताए।

बाँकेमा कोरोनाबाट १८० जनाको मृत्यु

बाँके। बाँकेमा कोरोना संक्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ। पछिल्लोपटक आज बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ। बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको मृत्यु भएको छ।

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक बिरामीको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१७ बाँके निवासी ८६ वर्षीय सङ्क्रमितको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका कोरोना स्रोत व्यक्ति तेज वली...