काँग्रेस स्याङजा सभापतिमा थापा निर्वाचित

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत स्याङजा सभापतिमा राजु थापा निर्वाचित भएका छन् । थापाले १११७ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी भागवत प्रकाश मल्लले १०८५ मत ल्याएका छन् । सभापतिमा थापा ३२ मत बढी ल्याएर निर्वाचित भएका हुन् । स्याङजामा २२५७ मतदाता रहेमा सभापतिको निर्वाचनमा २ हजार २१८ मत खसेको थियो । थापा काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठ इतरको प्यानलबाट निर्वाचन लडेका थिए । यसअघि नेता श्रेष्ठ निकट रहेका थापाले हालको काँग्रेसको अधिवेशनमा तेस्रो धार बनाएर अगाडि

सम्बन्धित सामग्री

स्याङ्जा प्रतिनिधिसभा क्षेत्र-१ मा कांग्रेसका थापा निर्वाचित

स्याङजा : स्याङजाको प्रतिनिधिसभा क्षेत्र-१ को मत गणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन्। उनले ३१ हजार ९९९ मत पाएर निर्वाचित भएका हुन्।नेकपा एमालेका नारायण मरासिनीले २८ हजार ७४४ मत पाएका छन् भने नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका वोधराज रेग्मीले ६ हजार ६५ मत पाएका छन्।

स्याङ्जा कांग्रेसको सभापतिमा राजु थापा निर्वाचित

कांग्रेस स्याङजा जिल्ला कार्यसमितिको सभापतिमा राजु थापा निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न भएको मतगणनामा थापा निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी भागवतप्रकाश मल्ललाई ३२ मतले पछाडि पारेका थापाले १ हजार १ सय १७ मत ल्याएका छन् । मल्लले १ हजार ८५ मत ल्याएका छन् ।