उखुको मूल्य पाउनुपर्ने भन्दै आन्दोलनमा रहेका उखु किसान र सरकारबीच ४ बुँदे सहमति भएको छ ।सहमतिअनुसार उखु किसानले गरेको आन्दोलन फिर्ता गर्ने, २१ दिनभित्र बक्यौता रकम दिलाइने र उखु किसानका समस्या हल गर्न प्राविधिक समिति बनाइने उल्लेख छ ।बक्यौता रकम नपाएको भन्दै लामो समयदेखि उखु किसानहरू आन्दोलित थिए ।