काठमाण्डाै – अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज ओमान गएको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी जहाज बिहान साढे सात बजे ओमानको मस्कटको लागि उडेको हो ।
जहाज बेलुकी ६ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुग्ने तालिका रहेको छ । ओमानबाट फर्किएको जहाज राति ११ बजे चीनको राजधानी बेइजिङ जानेछ । बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्...