माधवलाई ईश्वरको जवाफः लख काटिकाटी कनेर छेड हान्नु पर्दैन

काठमाडौँ – अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को विषयलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले नेताहरुबीच घोचपेच भएको छ। बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपिपीलाई अस्वीकार गर्ने निर्णय सरकारले कार्यान्वयन नगरेको विषयमा छलफल गरेको थियो। छलफलका क्रममा एमाले नेताहरुले एसपिपी अस्वीकार गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै गठबन्धन र समितिमा उपस्थित अध्यक्ष नेपालमाथि छेडखान गरे। […]