तीन वर्षयताकै न्यून विन्दुमा नेपाल लाइफको शेयरमूल्य

चैत २८, काठमाडौं । सोमवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य तीन वर्षयताकै न्यून विन्दुमा झरेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९४० रुपैयाँमा झरेको हो । कम्पनीको शेयर मूल्य २०२० जनवरी १२ तारिकमा प्रतिकित्ता १ हजार ५ रुपैयाँ रहेकोमा २०२२ अप्रिल ११ तारिकमा ९४० रुपैयाँमा झरेको हो । यस अवधिमा कम्पनीको शेयर मूल्य उच्च बिन्दू २ हजार ९०८ रुपैयाँसम्म पुगेको थियो । कम्पनीले विगतमा आर्कषक लाभांश दिदै आएकोमा आव  २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै शेयर मूल्य घट्न थालेको थियो । त्यपछि कम्पनीको शेयर घट्दो क्रममा रहेको छ । यतिबेला कतिपय लगानीकर्ताले महँगोमा शेयर किनेकाले बोनस शेयरले पनि लगानी नउठेको बताएका छन् । तर यतिबेला कम्पनीको शेयरमूल्य निकै सस्तिएकाले दीर्घकालिन रुपमा लगानी गर्नेहरूलाई भने यो राम्रो अवसर हुन सक्ने एक शेयर विश्लेषकले बताए । सोही कारण पनि विगत केही दिनदेखि कम्पनीको शेयर सर्वाधिक खरीदविक्री हुँदै आएको छ । सोमवार कम्पनीको सर्वाधिक १६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ । 

सम्बन्धित सामग्री