काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साहजनक वृद्धि भएको छ। आज साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजारमा उत्साहजनक वृद्धि आएको हो। यस क्रममा आज ११ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसैगरी दुईकरोड ८८ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले बताएको छ। कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार बन्द हुँदासम्म २९सय ८० अंकमा पुगेर रोकिएको छ।