बलात्कार मुद्दामा पल शाहलाई सफाइ, बालयौन दुरुपयोगमा दोषी ठहर

नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाइ पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाइ दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाइ पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भ

सम्बन्धित सामग्री

निशानामा नाबालिग : १३ महिनामा १७ सय २५ जना बलात्कृत

नाबालिग बलात्कार गरेको आरोपमा अभिनेता पल शाह पुर्पक्षका लागि थुनामा छन् । तनहुँ र पूर्वी नवलपरासीमा १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा २०७८ फागुन १५ मा शाह पक्राउ परेका थिए । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ भने नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुरुपयोग गरेको कसुरमा दोषी ठहर गरेको छ । नवलपुर जिल्ला अदालतले उनलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी

अभिनेता पल शाह साढे २ वर्ष जेल चलान

काठमाडाैं : अभिनेता पल शाहलाई साढे २ वर्षको कैद सजाय सुनाइएको छ। जिल्ला अदालत नवलपुरले अभिनेता शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो।शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ। गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएपनि बलात्कार मुद्दामा दोषी नदेखिएपछि सफाई पाएका हुन्।यज्ञप्रसाद आचार्यको इजलास अनुसार शाहले पीडित बालिकालाई क्षतिपूर्तिसहित १० लाख रुपैयाँ

पल शाह दोषी ठहर भइसकेका हुन् ?

११ चैत, काठमाठौं । जिल्ला अदालत तनहुँले कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबर्जस्ती करणी (बलात्कार) को आरोपमा पुर्पक्षका लागि थुनामा पठायो । कतिपयले अदालतको यो आदेशले कलाकार शाहलाई दोषी ठहर गरेर कैद पठाएको पनि ठानेका छन् । तर यथार्थमा भने उनी दोषी ठहर भइसकेका होइनन्, न त निर्दोष नै सावित भएका छन् । बरु अदालतले […]