‘नीरफूल’ र ‘हेम्जाकोट’ले दुई दिनमा कति कमाए ?

काठमाडौं । पछिल्लो शुक्रबार रिलिज भएका फिल्मले नेपाली बक्स अफिसमा कमजोर ओपनिङ गरेका छन् । दयाहाङ राई स्टारर ‘नीरफूल’को कमाइ उनको करिअरकै सबैभन्दा न्यूनमध्ये एक हो । चलचित्र विकास बोर्डको बक्स अफिसमा नीरफूलको दुईदिने कमाइ १४ लाख रुपैयाँ छ । ‘वेलकम टु हेम्जाकोट’को दुई दिनको कमाइ साढे दुई लाख रुपैयाँ पनि छैन । शुक्रबार नै […]

सम्बन्धित सामग्री

दयाहाङ र बुद्धि तामाङसँगै ‘नीरफूल’ हेर्न सिभिल मलमा मन्त्री किराँती

काठमाडौं, असार १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेरेका छन्। उनले सिभिल मलस्थित क्यूएफएक्समा चलचित्रका निर्देशक फूलमान बल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेरेका हुन्। ‘भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ। मुख्यतः सहर र गाउँबीचको सामाजिक, सांस्कृतिक सवाल […]

मन्त्री किरातीले हेर्नुभयो ‘नीरफूल’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेर्नुभयो । उहाँले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेर्नुभएको हो । “भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ । मुख्यतः सहर र गाउँबीचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत …

नीरफूल अब कोरियामा

कथा वाचन र प्रस्तुति तथा प्राविधिक दृष्टिकोणले देशभित्र प्रशंसा कमाउन सफल फिल्म नीरफूल अब दक्षिण कोरियामा पनि रिलिज हुने भएको छ। दक्षिण कोरियाको विभिन्न शहरमा प्रदर्शन गर्नेगरी धनजित वाइबाको समूहले प्रदर्शन अधिकार किनेको फिल्मका निर्देशक तथा लेखक पूmलमान बलले जानकारी गराए। दुवै पक्षबीच प्रदर्शन अधिकार सम्झौता भएको निर्देशक वलले बताए। भूकम्पका कारण बिछोडिएका एक परिवारका […]

दक्षिण कोरियामा पनि ‘नीरफूल’ प्रदर्शन हुने

काठमाडौं । नेपाली फिल्म ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ । फूलमान बल निर्देशित फिल्मलाई दक्षिण कोरियाका विभिन्न सहरमा प्रदर्शन गर्नेगरी धनजीत वाइबाको समूहले प्रदर्शन अधिकार किनेको हो । भूकम्पका कारण बिछोडिएका एक परिवारका सदस्यले पुनर्मिलनको लागि गरेको प्रयत्नमा आधारित फिल्मलाई अन्य देशमा प्रदर्शन गर्ने योजना समेत बनिरहेको निर्देशक बलले बताए । ‘फ्यामिली […]

सय बढी पर्दामा ‘नीरफूल’

काठमाडौं । सञ्चारकर्मी फुलमान बल निर्देशित ‘नीरफूल’ आज शुक्रबार मुलुकका सयभन्दा बढी हलमा रिलिज हुँदै छ । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलिचत्रको अग्रिम बुकिङ राम्रो रहेको निर्देशक बलले बताएका छन् । उनका अनुसार चलचित्रको कथा आफ्नो समुदायको कला, संस्कृतिक राष्ट्रिय मुद्दासँग जोडिएको छ । जनतालाई भुटानी शरणार्थी बनाएर बेच्नसमेत पछि नपर्ने मन्त्री, सचिवदेखि […] The post सय बढी पर्दामा ‘नीरफूल’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुई चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन हुने

आगामी साता दुई नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन हुने तय भएको छ । हाल नेपाली चलचित्र ‘जारी’ र ‘डाकिनी’ प्रदर्शन भइरहेका छन् । ‘डाकिनी’ सीमित चलचित्र भवनमा प्रदर्शन भइरहेको छ । बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का गतिविधि सुनिने दन्त्यकथाका आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा …

नीरफूल मौलिक स्वादको

आगामी जेठ २६ गते अल नेपाल रिलिज हुने फिल्म नीरफूल मौलिक स्वादमा बनेको अभिनेता दयाहाध्र राईले बताएका छन्। नेपाल टेलिभिजनका महाप्रबन्धक तथा पत्रकार एवं साहित्यकार पूmलमान वलद्वारा निर्देशित पछिल्लो फिल्मबारे जानकारी दिने हालै राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता राईले नीरपूmल आपूmले अभिनय गरेकामध्ये राम्रो फिल्म भएको बताए। नीरपूmल खिच्न गणेश हिमालमुनिको रुबी भ्यालीमा बहुत मुस्किलले […]

'नीरफूल' टिमद्वारा तामाङ पत्रकार संघलाई ५० हजार सहयोगको घोषणा

काठमाडौं : फूलमान वल तामाङको लेखन तथा निर्देशन रहेको नीरफूल टिमले तामाङ पत्रकार संघलाई ५० हजार सहयोग गर्ने भएको छ। नेपाल टेलिभिजनका महाप्रबन्धकसमेत रहेका वलले पत्रकार संघको अक्षयकोषका लागि फिल्मले ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। तामाङ पत्रकार संघको राष्ट्रिय भेलामा निर्देशक वलले उक्त घोषणा गरेका हुन्। नीरफूल जेठ…

भूकम्पको कथा बोकेको ‘नीरफूल’

काठमाडौं । भूकम्पपछि धादिङ रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने दम्पतिको संघर्षमाथि बनेको चलचित्र ‘नीरफूल’ रिलिज संघार छ । सञ्चारकर्मीसमेत रहेका फुलमान बलद्वारा निर्देशक सो चलचित्र आगामी २६ जेठबाट रिलिज हुँदै छ । ट्रेलर सार्वजनिकसँदै रिलिज मिति घोषणा गरिएको हो । दुई वर्षअघि नै ‘नीरफुल’ रिलिज गर्ने भनिए पनि कोरोनाका कारण लकडाउन […] The post भूकम्पको कथा बोकेको ‘नीरफूल’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जेठ १९ मा आउने भयो नीरफूल

कोरोना महामारीको कारण तीन वर्षअघि रिलिज रोकिएको फिल्म नीरफूल आगामी जेठ १९ रिलिज हुने भएको छ। भूकम्पका कारण विछोडिएका एक परिवारका सदस्यले पुनर्मिलनको लागि गरेको प्रयत्नमा आधारित फिल्म पत्रकार तथा नेपाल टेलिभिनजका महाप्रबन्धक फूलमान बलले निर्देशन गरेका छन्। रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी […]