मन्त्री किरातीले हेर्नुभयो ‘नीरफूल’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेर्नुभयो । उहाँले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेर्नुभएको हो । “भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ । मुख्यतः सहर र गाउँबीचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत …