पोखरामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् । बिहीबार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पृथ्वीनारायण क्याम्पस बाहिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुतला दहन गरेको हो ।महँगीले जनता मारमा परेकाले विरोधस्वरुप प्रदर्शन र पुतला दहन गरिएको विद्यार्थी नेता महेन्द्र पौडेलले बताए । उनले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन आग्रह गरे । उनले मूल्य वृद्धि फिर्ता नलिए थप संघर्ष