मेयर हारेकी ममता झा बनिन् उपराष्ट्रपति उम्मेदवार

जनमत पार्टीबाट सप्तरीको राजविराज नगरपालिकामा मेयरकी प्रत्याशी ममता झा उपराष्ट्रपतिमा उम्मेदवार बनेकी छिन् । उनले शनिबार उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । जनमत पार्टीबाट उम्मेदवारी दिएकी उनलाई नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक पार्टीले समर्थन गरेका छन् ।

सम्बन्धित सामग्री

गठबन्धनको उपराष्ट्रपति उम्मेदवार रामसहाय कि ममता ? बालुवाटारमा भएन सहमति

कठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको मंगलबार साँझको बैठकमा उपराष्ट्रपति उम्मेदवार कसलाई साझा बनाउने भन्नेबारे समझदारी नभएपछि बिहीबार फेरि बैठक बोलाइएको छ । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सकारात्मक छलफल भए पनि सहमति नभएकाले फेरि बस्ने तय भएको बताए । गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार छन् । यसअघि बुधबारै […]