झर्रोवादी आन्दोलनका अगुवा तथा नियात्रा विधाका संस्थापक डा. तारानाथ (ताना) शर्माको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा मंगलवार निधन भएको हो ।
शर्माको जन्म १९९१ असार ९ गते इलामको बारेकोटमा भएको थियो । उनी नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखकसमेत हुन् ।
उनले अङ्ग्रेजीमा छोटकरी नाम लेख्ने चलन विपरीत नेपाली नाम तारानाथलाई छोट्याएर ताना बनाएका थिए ।
उनको कृति 'बेलाईततिर बरालिँदा'ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । निबन्ध संग्रहमा मदन पुरस्कार ...
काठमाडौं : साहित्यकार तथा समालोचक ताना शर्माको निधन भएको छ। डिमेन्सिया रोगबाट ग्रसित शर्माको आज निधन भएको हो। उनी मुटुरोग, उच्च रक्तचाप, मधुमेहबाट पनि पीडित थिए।
बिहान साढे ८ बजे काठमाडौंको चाबहिल सरस्वतीनगरस्थित निवासमै उनको निधन भएको साहित्यकार राधेश्याम लेकालीले पुष्टि गरे। शर्माको आजै दिउँसो साढे १२ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लेकालीले जानकारी…