यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा आज भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ ।
नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १÷१ गोल गरे । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको ...