बाइडेनको अभिव्यक्तिलाई रुसले सम्मान गर्ने

एजेन्सी । बाइडेनले रुस र अमेरिकाबीचको तनाव कम गर्ने समय आएको भनी दिएको अभिव्यक्तिलाई रुसले सम्मान गर्ने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जानकारी गराएको छ ।  अमेरिकी राष्ट्रपति बाइडेनले मङ्गलबार रुस र अमेरिकाको सहयोगी मुलुक युक्रेनबीच बढ्दो तनावको बारेमा छलफल गर्न आफू र पुटिनले तटस्थ भूमिमा शिखर बैठकको प्रस्ताव गरेका थिए ।साथै वासिङ्टन र मस्कोबीच तनाब अन्त्य गर्ने बेला आएको बाइडेनले बिहीबार बताएका थिए ।क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले शुक्रबार पत्रकारसँग भने, ‘रूसी राष्

सम्बन्धित सामग्री

चीनमा चालकरहित भाडाको कार

एजेन्सी। चीनमा बाइडु कम्पनीले चालकरहित भाडाको कार चलाउन सुरु गरेको छ। आइतबार सुरु गरिएको यो सेवा चीनको पहिलो हो। उक्त कारमा चालक सिटमा सुरक्षा सदस्य बस्छन् र अप्ठेरो पर्दा उद्दार गर्छन्। चीनमा एकैसाथ १० वर्गकिलोमिटर क्षेत्रमा १० वटा अपोलो रोबोट्याक्सी चलाउन थालिएको हो। यात्रुले उक्त कार चढ्दा ३० युआन तिर्नुपर्छ। ट्याक्सी पर्यटकको आकर्षण बन्न थालेको बाइडुले बताएको छ।

Dekhapadhi

भारत–अमेरिका सम्बन्ध मजबुत भएको दाबी

एजेन्सी। भारत र अमेरिकाबीचको सम्बन्ध राष्ट्रपति जो बाइडेनको सय दिने कार्यकालमा मजबुत बनेको अमेरिकी विदेश विभागले दाबी गरेको छ। यो अवधिमा भारतमाथि विशेष ध्यान दिइएको विभागले बताएको हो। कोरोनाले आक्रान्त भारतललाई भ्याक्सिन निर्माणमा आवश्यक कच्चा पदार्थ नदिँदा अमेरिकाको आलोचना भएको थियो। अमेरिकाले चीनमाथि निगरानी गर्न र कमजोर पार्न पनि भारतसँग विशेष व्यवहार गर्नुपर्ने विश्लेषकहरु बताउँछन्।

Dekhapadhi

रुसले राख्यो युक्रेनको सीमामा ४० हजार सैनिक

काठमाडौं। युक्रेनसँग सम्भावित युद्धलाई दृष्टगत गर्दै रुसले सीमाक्षेत्रमा ४० हजार सैनिक र पर्याप्त हतियार राखेको छ। राजनीतिक विश्लेषकहरु यसलाई दोस्रो विश्वयुद्धपछिको ठूलो सैनिक ‘मुभमेन्ट’ मान्छन्।उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै पनि सैनिक एक्सन नगर्न अनुरोध गरेका छन्। युक्रेनले भने रुसका तर्फबाट आक्रमण भएमा त्यसको प्रतिकार गर्न आफ्ना सेना तयार रहेको बताएको छ।(एजेन्सी)

Dekhapadhi

अफगानिस्तानबाट सुरक्षाबल फिर्ता बोलाउनुअघि सैनिक थप्ने तयारीमा अमेरिका

काठमाडौं। अफगानिस्तानबाट अमेरिकी सुरक्षाबल पूर्णरुपमा फिर्ता बोलाउनुअघि त्यहाँ सैनिक बढाउन सकिने पेन्टागनका प्रवक्ता जोन किर्बीले बताएका छन्। उनले सुरक्षाबललाई सुरक्षित तथा व्यवस्थित ढंगमा फिर्ता ल्याउनुअघि अफगानिस्तानमा सैनिक बढाउने संकेत गरेका हुन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता अफगानिस्तानबाट सेप्टेम्बर ११ सम्ममा अमेरिकी सुरक्षाबल फिर्ता ल्याउने बताएका थिए। फिर्ता आउने सैनिकलाई मद्दतका निम्ति संख्या बढ्न सक्ने अमेरिकाको भनाइ छ।(एजेन्सी)

Dekhapadhi

अफगानिस्तानबाट सुरक्षाबल फिर्ता बोलाउनुअघि सैनिक थप्ने तयारीमा अमेरिका

काठमाडौं। अफगानिस्तानबाट अमेरिकी सुरक्षाबल पूर्णरुपमा फिर्ता बोलाउनुअघि त्यहाँ सैनिक बढाउन सकिने पेन्टागनका प्रवक्ता जोन किर्बीले बताएका छन्। उनले सुरक्षाबललाई सुरक्षित तथा व्यवस्थित ढंगमा फिर्ता ल्याउनुअघि अफगानिस्तानमा सैनिक बढाउने संकेत गरेका हुन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता अफगानिस्तानबाट सेप्टेम्बर ११ सम्ममा अमेरिकी सुरक्षाबल फिर्ता ल्याउने बताएका थिए। फिर्ता आउने सैनिकलाई मद्दतका निम्ति संख्या बढ्न सक्ने अमेरिकाको भनाइ छ।(एजेन्सी)

Dekhapadhi

नआतिनुहोस् समाधान हामी निकाल्ने छौं : माधव नेपाल

काठमाडाैं : नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। मंगलबार आफूनिकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई वैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन्। उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए। आफ्नो पक्षमा लागेका कुनै पनि नेता कार्यकर्तालाई बीचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताए।एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ

थाहा खबर

जर्मनी भ्रमणका लागि बाइडेनलाई मर्केलको आग्रह

एजेन्सी । जर्मन चान्सलर एन्जेला मर्केलले नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जर्मनी भ्रमणका लागि निमन्त्रणा दिएकी छिन् । बाइडेनले सत्ता सम्हालेपछि सोमबार राति गरिएको पहिलो टेलिफोन कलमा जर्मन चान्सलर मर्केलले बाइडेनलाई महामारीजन्य जोखिम कम हुँदासाथ जर्मनी भ्रमणको निम्ता दिएकी हुन् ।बाइडेनलाई अमेरिकी राष्ट्रपतिका रूपमा सपथ खाएपछि मर्केलले जर्मनी अमेरिकी नयाँ नेतृत्वसँग आफ्ना यूरोपेली तथा ट्रान्सएटलान्टिक सहयोगी मुलकसँग मिलेर अन्तर्राष्ट्रिय कामहरू गर्न इच्छुक रहेको उनले बताइन् ।फोनवार्ताम

Ratopati

जो बाइडेनले लिए सपथ, बने ४६ औं अमेरिकी राष्ट्रपति

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिएका छन् । संसद् भवन (क्यापिटोल हिल) मा उनले पदको सपथ लिएका हुन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए । कमला ह्यारिसले पनि लिइन् सपथ समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले सपथ लिएकी हुन्

Ratopati

सपथअघि बाइडेनले श्रीमतीलाई लेखे यस्तो सन्देश

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ लिन एक घण्टामात्रै बाँकी छ । नेपाली समयअनुसार १० बजेर ४५ मिनेट जाँदा उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् ।  सपथका लागि बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस क्यापिटल हिलस्थित संसद् भवनमा आइसकेका छन् ।बाइडेनसँगै उनकी पत्नी जिल बाइडेन पनि सपथ समारोहमा सहभागी हुन संसद् भवन आइसकेकी छिन् । संसद् भवन पुुगेर बाइडेनले जिलका नाममा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘म तिमीलाई माया गर्छु जिली र यो यात्रामा तिम्रो साथभन्दा म ध

Ratopati

शपथका लागि बाइडेन पुगे संसद् भवन, श्रीमतीको नाममा यस्तो ट्वीट

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ केहीबेरमा हुँदैछ । सपथका लागि बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस समेत क्यापिटल हिलस्थित संसद् भवनमा पुगिसकेका छन् । बाइडेनसँगै उनकी पत्नी जिल बाइडेन पनि सपथ समारोहमा सहभागी भएकी छिन् ।  संसद् भवन पुुगेर बाइडेनले जिलका नाममा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘म तिमीलाई माया गर्छु जिली  र यो यात्रामा तिम्रो साथभन्दा म धेरै आभारी हुन सक्दिनँ ।’ यस ट्वीटसँगै उनले जीलको हात समातेर हिडिँरहेको छोटो भिडियो पनि पोस्ट गरेका छन् ।  

Lokaantar