काठमाण्डाै – गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगकाे इन्गेजमेन्ट ताेडिएकाे बताएकी छिन् । आज शुक्रवार सामाजिक सञ्जालमार्फत गायिका राईले याे जानकारी दिएकी हुन् ।
आफू र प्रेमी बराइलीबीच इन्गेजमेन्ट भएर भविष्यमा सँगै जीवन बिताउने निर्णय गरिए पनि पछि मतभेद देखिन थालेकाे मेलिना राईले बताएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, केही समय अगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो न...